काँग्रेसकाे नेतृत्व स्विकार गर्नेहरु कम्युनिस्ट हुनसक्दैनन् :ज्ञवाली

पाेखरा, फागुन ७ गते ।नेकपा एमालेका उपाध्यक्ष युबराज ज्ञवालीले काँग्रेसकाे नेतृत्व स्विकार गर्नेहरु कम्युनिस्ट हुनैनसक्ने बताएका छन ।

नेकपा एमाले कास्कीले पाेखरामा आयाेजना गरेकाे बृहत कार्यकर्ता अनुशिक्षण एवं बधाई शुभकामना कार्यक्रममा बाेल्दै माधव नेपालहरुले काँग्रेसकाे पछि लाग्ने अनि कम्युनिस्ट हाै भन्ने कुरा उचित नभएकाे बताए ।काँग्रेसकाे नेतृत्व स्विकार गरेपछि कम्युनिस्ट कसरी हुन्छ ? उनले प्रश्न गरे । उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेलाई कुवाकाे पानी जस्तो नभई नदि जस्तो बनाउन मिसन ग्रास रुट कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

कार्यकर्ताले गफ मात्रै गरेर नहुने भन्दै नियमित काम गर्न आग्रह गरे ।नियमित पार्टीको काम गराै जिम्मेवारी पूरा गराै उपाध्यक्ष ज्ञवालीले भने, काम नगर्ने हाे भने छाेडाै नत्र जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।कार्यक्रममा एमाले सचिव पदमा अर्याल, एमाले संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी लगायतले बाेलेका थिए ।

 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र कृषि मन्त्री बेदबहादुर गुरुङलाई सम्मान गरिएकाे थियाे ।कार्यक्रम एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङकाे अध्यक्षतामा भएकाे थियाे भने उपाध्यक्ष तेजनारायण अधिकारीले स्वागत र सचिव बैनबहादुर अधिकारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...