पोखरा, फागनु १९ गते । पोखरा महानगपालिका वडा नम्वर १८ मा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले लैंगिक हिंसा बिरुद्ध पुरुषको ऐब्यबद्धता महिला पुरुष समसचेता कार्यक्रम सम्पन्न भएके छ । कार्यक्रमको उद्घाटन गदै पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले हिंसा र हिंसा गर्नेहरुलाई कानुनीमा सजायको व्यवस्था के छ भन्ने बारे महिला पुरुष दुवै जनाले जान्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजमा पुरुष भन्दा बढि महिलाहरुनै पीडित हुने गरेको बताउदै भन्नुभयो, “महिलाहरुलाई हिंसा गर्नेहरु पुरुषनै हुने भएकाले हिंसाका प्रकार र सजायको बारेमा जानकारी गराउने उद्देश्यले समसचेता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेका हौ ।” उहाँले पुरुषहरु पनि हिंसामा पर्ने भएपनि खुलेर आउन बाहिर आउन नसकेको बताउदै पछिल्लो समय खुल्ने क्रम सुरु भएको बताउनुभयो । पहिला महिलाले आफु हिंसामा परेको नभन्ने र लुकाउने अवस्था थियो अहिले पुरुषहरुले खुल्न हिचकिचाउने गरेको बताउनुभयो ।
समाजमा महिला र पुरुषवीचको समानता स्थापित गदै हिंसा न्युनियकरण गर्ने अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रम पोखरा वडा नम्वर १८ का वडा सदस्य कल्पना ढकालको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य रमेश बहादुर थापा, प्रमिला तिमिल्सि, ह्याप्पि टोल विकास संस्थाका अध्यक्ष महेन्द्र थापा, एमाले वडा सचिव शालिकराम सुवेदी, ननेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्णाखर तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।