पोखरा महानगर लेखा समितिमा जिम्मेवारी बाँडफाट

पोखरा, चैत ९ गते । पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिको बुधबार बसेको बैठकले जिम्मेवारी बाडफाट गरेको समितिका संयोजक झपट रानाभाटले जानकारी दिए । महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्यौटको लागि ताकेता गर्न पहल गर्ने एंव बेरुजु न्यूनिकरण गर्न लेखा समिति सदस्य बलाराम पौडेल संयोजक र सदस्यमा विष्णुमणी बराल र रामजी पौडेल रहेका छन् ।

 


यता महानगरपालिकाको समग्र लेखा अनुगमन, मितब्यीता एवं पारर्दशिता बृद्धि गर्न आवश्यक पहल गर्न सदस्य विष्णुमणि बरालको संयोजकत्वमा समिति बनाइएको छ । सदस्यमा रामजी पौडेललाई राखिएको भने महानगरको समग्र राजस्व, सुशासन बृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणी बराल सदस्य रहेको समिति बनाइएको छ ।

 

महानगरपालिका शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकास तर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न संयोजकमा दुर्गादेवी थापा केसी र सदस्यमा बलराम पौडेल रहेका छन् । महानगरको भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरण तर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजक र दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ ।

 

समितिले पाँच वटा उपसमितिलाई तोकिएको कार्यक्षेत्रको अध्ययन, कार्ययोजना सहित कार्यसम्पादन र रिपोटिं गर्न लगाई लेखा समितिको कार्यलाई प्रभावकारी बनाउने निर्णय समेत बैठकले गरेको समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...