पोखरा, चैत १९ गते । नेपाल मगर संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । समितिको प्रथम उपाध्यक्षमा मनिराज थापामगर, उपाध्यक्षमा दानबहादुर थापा मगर, महिला उपाध्यक्षमा पवित्रा थापा मगर, भाषिक उपाध्यक्षमा गगन पुन मगर सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै प्रमुख सचिवमा टेक रानामगर, सचिवमा नन्दु थापामगर, सचिवमा कृष्णबहादुर थापामगर,महिला सचिवमा संगिता पुनमगर, कोषाध्यक्षमा उत्तमप्रसाद वकाबल मागर र सहकोषाध्यक्षमा ज्ञानीसरा रानामगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा यामकुमारी गर्वुजा मगर, टकसरा रानामगर, हिराबहादुर पुन मगर, वीरबहादुर थापा मगर, हिरादेवी मगर, युवराज पुन मगर, खिम पुनमगर, देउकुमारी थापा मगर, बलविर रानामगर, सगुन रानामगर, डिलबहादुर रानामगर, शुभ रानामगर, खेमबहादुर सरुमगर, शिव पुन मगर, मानबहादुर थापामगर, कुलाकार रानामगर, राजन आलेमगर, हिमला आलेमगर, मनबहादुर पुनमगर, नरमाया आलेमगर, बेलमाया रानामगर, शोभा रानामगर, भुपेन्द्र मास्की मगर र देवती थापामगर भयन भएका छन ।