पत्रकार सिग्देल,गुरुङ, त्रिपाठी, राना र लक्ष्मी हाउसलाई सम्मान

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकार सहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारिता मार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिए ।

 

 

जस अनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो ।

 

महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक, पत्रकारहरु श्याम कुँवर, यादुनाथ बञ्जरा सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो । पत्रकार सिग्देललाई नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ ।

 

 

यसैगरी टङ्कादेवी–तुलसी प्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार भूपाल गुरुङलाई सम्मान गरिने भएको छ । महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, पत्रकार नवराज सुवेदी र राजबहादुर गुरुङ सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पत्रकार गुरुङलाई सम्मान गर्ने निर्णय भएको हो । पुरस्कारको राशि २० हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

 

यस्तै, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट पत्रकार गौरव त्रिपाठी र २०७९ बाट पत्रकार दुर्गा रानालाई पुरस्कृत गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी कुशुम केशव पराजुली संयोजक, पत्रकार रमेश पौडेल र दुर्गा अधिकारी सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा महासंघले त्रिपाठी र रानालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद ११ हजार १ ११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...