पाेखरा, चैत २७ गते ।कास्कीमा लागुऔषध दुब्र्यसनीको संख्या घटेको छ । पछिल्ल्लो ती वर्षको मुद्धा दर्ताको तथ्यांक हेर्दा दुब्र्यसनीको संख्या घटेको हो । चालु आर्थिक वर्षको नौ महिनामा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् ।
नौ महिनाको तथ्यांकलाई नियाल्दा दुब्यर्सनीको संख्या घटेको देखिएको हो । प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागु औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा सार्वजनीक गरिएको तथ्यांकमा अनुसार नौ महिनामा ५८ वटा मुद्धा दर्ता भएका छन भने आर्थिक वर्ष २०७७ मा १४९ र २०७८ मा २४३ मुद्धा दर्ता भएका छन् ।
अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागुऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताए । अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा घटेको देखिएको छ उनले भने, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिदैन ।”
त्यस्तै लागु औषध दुव्र्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी निरिक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समुहका ५२ प्रतिशत रहेका छन् भने ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए । त्यस्तै ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी दुव्र्यसनीमा फसेको प्रहरी निरिक्षक मानन्धले बताए ।उनका अनुसार साथिसंगीहरुका कारण लतमा फस्नेहरुको संख्या बढि रहेको बताए ।
उनले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र स्कुल÷कलेज तथा अन्य रुटका बारेमा अभिभावकले ध्यान पु¥याउनुपर्ने बताए । बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिए ।
आफना वालवालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागु औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो औल्याइन । उनले कुलतमा बालबालिका फस्ने गरेको बताउदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन ।
उनले लागु औषध सम्वन्धि विषयलाई नर्सरीदेखिनै पाठ्यपुस्तकमा समावेश गर्नसके रोक्न भुमिका खेल्ने बताइन । उनले लागु औषध रोक्न म र हामी भन्ने भावनाबाट सुरुवात गर्नुपर्नेमा जोड दिइन ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको काय्र्रक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले सचार माध्यम र सञ्चारकर्मीको भुमिका महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।