पोखरा, जेठ १९ गते ।नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी महिला नेतृ सुश्री गंगा के.सी.को हिजो २०८० जेठ १८ गते, वेलुका ८ बजे, ७४ वर्षको उमेरमा असामयिक निधन भएको समाचारले नेपाली काँग्रेस कास्की स्तब्ध भएको छ ।
पोखरा महानगरपालिका वडा नं.५ निवासी वहाँ बिगत लामो समयदेखि क्यान्सर रोगवाट पिडित हुनुहुन्थ्यो । वहाँको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने के.सी. जी सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी हुनुहुन्थ्यो । विभिन्न आमा समुह, क्लवहरु, विद्यालय व्यवस्थापन लगायत का सामाजिक क्षेत्रमा क्रियाशिल रही वहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।
पार्टीको आदर्श, सिद्धान्तप्रति निष्ठावान वहाँको निधनले पार्टीको संगठनमा गम्भीर क्षति पुगेको छ । वहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं । दीवंगत आत्माको चीरशान्तिको कामनाका साथ शोक संतप्त सम्पूर्ण परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
आजै २०८० जेठ १९ गते वहाँको पार्थिव शरिरमा नेपाली काँग्रेसका सहमहामन्त्री मा.जीवन परियार, पूर्व मन्त्री एवं नेपाली काँग्रेस कास्कीका पूर्व सभापति श्री यज्ञ वहादुर थापा, नेपाली काँग्रेस कास्कीका सभापति श्री किशोरदत्त वराल, क्षेत्रीय सभापति श्री मनोज गुरुङ्ग लगायतले पार्टीको चारतारे झण्डा अोढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । वहाँको अन्त्येष्टी आजै पोखरा तुलसीघाटमा भएको छ ।