पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीसंग पोखरा महानगर न्यायिक समिति

पोखरा , जेठ २२ गते । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको गठन प्रकिया, अधिकार क्षेत्र, न्याय निरुपणका बारेमा जानकारी गराउने उदेश्यले विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिएको छ ।

देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उदेश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । यसको महत्व, आवश्यकता र औचिय तथा यसले निरुपण गर्ने विवादका विषयमा क्याम्पस र विद्यालयस्तरबाटै जानकारी तथा प्रचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एंव न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।

 

 

वडा स्तरिय महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्वर ९ को आयोजना र महानगर न्यायिक समितिको सहकार्यमा पोखरा बहुमुखी क्याम्पस शान्ति वनमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रमको आयोजना गरिएको हो । पोखरा महानगर न्यायिक समितिले विद्यार्थी, ज्येष्ठ नागरिकसंग न्यायिक समित कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो ।

 

 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी दिन कार्यक्रम गरिएको बताउदै विद्यार्थीका माध्यमबाट घरघरमा यसको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र क्षेत्राधिकारबारे जानकारी गराउने कार्यक्रमको उदेश्य भएको बताउनुभयो ।

 

कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका माध्यमबाट यसको प्रचार महत्वपूर्ण हुने उहाँको भनाई छ । “ यो विषय महत्वपूर्ण छ ।तपाईंहरूलाई प्रशिक्षण दिन कार्यक्रम गरिएको हो । जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,” उहाँले भन्नुभयो, “यसले के काम गर्छ। यसको काम कर्तव्यबारे अफना अभिभावक र छिमेकीलाई जानकारी गराउदै समस्या भए न्यायिक समितिमा जान सुझाव दिनुहुने छ ।”

 

वडा स्तरिय महिला सञ्जालको आयोजनामा पहिलो क्याम्पसका विद्यार्थीसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको न्यायिक समिति सदस्य एव पोखरा ९ का सदस्य भावना श्रेष्ठले जानकारी दिनुभयो । वडा स्तरिय महिला सञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षमा भएको कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोल्नुभएको थियो । “न्यायिक सम्पादन सर्वसाधारणका लागि खर्चिलो र झन्झटिलो भएकाले सरल र सर्वसुलभ रुपमा न्याय प्रदान गर्न न्यायिक समितिको व्यवस्था गरिएको बताउदै यसको प्रभाकारीता बढाउन कार्यक्रम आवश्यक रहेको न्यायिक समिति सदस्य कालिदास पोखरेलले बताउनुभयो ।

 

 

कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठले यसको गठन प्रकिया र अहिले भैरहेका अभ्यास बारे विद्यार्थीलाई सहजिकरण गर्नुभएको थियो भने महानगर न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारी र मेलमिलाप सहजकर्ता सोम लम्सालले न्यायिक समितिको अधिकार क्षेत्र बारे प्रशिक्षण दिनुभएको थियो ।
तस्विर पनि छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...