पाेखरा वडा १ का ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान

पाेखरा, असार १४ गते ।पोखरा महानगरपालिका वडा नम्बर  १ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे छ ।वडाभित्र रहेका १६ वटा टाेलका ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेेकाे हाे ।

ज्येष्ठ नागरिककै निवासमा पुगेर वडा अध्यक्ष सहारा प्रधान, वडा सदस्य शाेभा गुरुङ, रामजी प्रसाद पाैडेल, जुमकाजी गुरुङले दाेसल्ला, सम्मानपत्रले सम्मान गरेका थिए । उनिहरुलाई पाैष्टक आहार समेत प्रदान गरिएको थियाे । ज्येष्ठ नागरिककाे  अनुभव, सल्लाह र सुझाव ग्रहण गर्दै वडाकाे विकासमा लाग्ने अध्यक्ष प्रधानले बताए ।

ज्येष्ठ नागरिक समाजका सम्मानित ब्यत्तिहरु रहेकाे बताउदै वडा कार्यालयले  सम्मान गरेकाे अध्यक्ष सहारा प्रधानले बताए । वडाले ज्येष्ठ नागरिक सम्मानका लागि वार्षिक कार्यक्रममा बजेटकाे व्यवस्था गरेकाे थियाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...