पोखरा, असार १४ गते । आज असार १५ । नेपाली परम्परा अनुसार आज एक दिन हिलोमा टेक्नुपर्छ भन्ने नेपाली परम्परा रहेको छ ।
यही परम्परालाई निरन्तरता दिदै पर्यटकी क्षेत्र पोखरामा विगत १८ वर्षदेखि असारे रोपाई महोत्सव हुदै आएको छ । आन्तरीक तथा बाह्य पर्यटक प्रवद्धन गर्ने उद्देश्यले पर्यटन ब्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा रोपाई महोत्सव हुदै आएको छ । यस वर्ष पनि आज (शुक्रबार)१५औै असारे रोपाई महोत्सव हुदै छ ।
नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भैरहदा विदेशी पर्यटक भने हिलोमा रमाउन सातसुमन्द्र पार गरेर महाेत्सवमा रमाउने छन । पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले भन्नुभयो । ‘रोपाई महोत्सवले पनि बाह्य पर्यटन प्रवद्र्धनका लागी महत्वपूर्ण भुमिका खेलेको छ। ’
रोपाई महोत्सव अन्तराष्टिय करण भएको छ । महोत्सवको उद्देश्य पछिल्लो सयम अधिकांश युवा पुस्ताले कृषि प्रणालीमा चासो घटदै गएको र उनीहरुलाई धानखेतीको महत्वको बारेमा जानकारी दिलाउन रोपाई महोत्सवलाई निरन्तरता दिइएको दावी आयोजकको छ । पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको “१८औं असारे रोपाइँ महोत्सव – २०८०”, पोखरा – १३ कसेरी, डुम्रिबोटमा हुदैछ ।
महोत्सबमा साउने प्रतियोगिता, आमा समुहविच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्न, खुल्ला प्रतियोगिता, नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टा छुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीविच रस्साकस्सी प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सहित कृषकलाई सम्मान र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिएको छ । ले महोत्सवको कृर्षि उत्पादनमा बृद्धि भएको र जिडिपी बढाउन महत्वपूर्ण भुमिका खेलेको दावी गरिएको छ।
हिलोमा एक पटक पाइला टेक्नै पर्ने मान्यता नेपालीहरुको रहेको छ । त्यही मान्यतालाई निरन्तरता दिन पोखरामा असारे रोपाई महोत्सव आयोजना गर्ने गरिएको दावी समेत आयोजकको छ । ‘पोखरा र यसको वरिपरी भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकहरुलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य हो’ उहाँले भन्नुभयोे, ‘यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको छ ’ सरकारले पछिल्लो केही वर्ष यता उक्त दिनलाई धान दिवसका रुपमा मनाउँदै आएको छ