पृथ्वीचोकदेखि विजयपुर खोलासम्म मापदण्डभित्र परेका संरचना हटाउन सुरु

पोखरा/ पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ  मापदण्डभित्र परेका संरचनामाथि पोखरा महानगरले सोमबारदेखि हटाउन सुरु गरेको हो ।

 

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार स्थायीअस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।

 

 

‘बाटोका लागि एडिबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो’, मेयर आचार्यले भने ।राजमार्ग विस्तार गर्न एसियाली विकास बैंक (एडिबी)को सहयोगमा ४ लेन बनाउन लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...