परिर्वतनको झिल्को बाल्ने पुष्पलाल युगिन ब्यक्तित्व : एमाले सचिव विष्ट

पोखरा, साउन ७ गते । नेकपा एमालेका सचिव एंव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ युगिन ब्यत्तित्व भएको दावी गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आयोजित नेपालको कम्यूनिष्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदान विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा सयौ वर्षदेखिको जहाँनिया राणा शासनको बेला देश बाहिर केही ब्यक्तिहरुलाई संगठित गरेर परिर्वतनको झिल्को बाल्ने काम गरेकाले पुष्पलाल युगिन ब्यक्तित्व भएको बताए ।

पुष्पलालले बालेको सानो झिल्को अहिले ठुलो शक्तिको रुप लिएको छ उनले भने, जनताको वीचमा वर्गीय चेतना ल्याउने युगिन ब्यक्ति हो । सचिव विष्टले पुष्पलालले अगाडी सारेको नीति विचार परिर्वतन हुन नसक्ने भन्ने छैन, सयम अनुसार परिर्वतन गर्नुपर्छ उनले भने नेपाली क्रान्तिको डिजाइन पुष्पलालको हो । उहाँको योजना र विचार गिता, कुरान र बाइबल हैनन । समय अनुसार परिर्वतन गरेर जानुपर्छ तर उहाँ नेपाली क्रान्तिको डिजाइनर हो ।

 

उनले पुष्पलालले महिला, कृषि र रोजगारी सृजना बारेमा त्यतिबेलै जोड दिएको बताए । उनले समाजवारको वकालत गरेपनि त्यसको मोडलका बारेमा भने पुष्पलालले केही नभनेको बताए । समाजवादीबादको नेपाली मोडल छैन उनले भने,पुष्पलालले सारेका योजना महत्त्वपूर्ण छन । विष्टले पुष्पलालले नेता भन्दा नीतिमा जोड दिएको बताउदै नेतामा समस्या देखिएनि धेरै राम्रो भयो भने पार्टी बलियो हु्न्छ भन्ने थियो । तर पछिल्लो पटक नीति भन्दा नेता प्रधान हुदाँ कम्यूनिष्ट पार्टीहरु विभाजन भएका छन् ।

 

बिष्टले आफुहरु बिगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन। अब एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एबम जनताको घर घर मा गएर खटिनु पर्ने उल्लेख गरे। सचिब बिष्टले बिगतका बिकासमा गरेका काम संगै आफ्ना योजना र बिकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।

 

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको बिचार कयौं दशक सम्म सान्दर्भिक रहने उल्लेख गरे। अधिकारीले नेपाली राजनितीको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे।

 

कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले बिकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन ।एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रबचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिब बैन बहादुर अधिकारीले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...