पाेखरामा मनाइयो साँस्कृतिक पर्व ट्हाेटे

पोखरा । तमु समुदायको  सांस्कृतिक पर्व ट्होटें पाेखरामा धुमधामका साथ मनाइएकाे छ। साउन महिनाको अन्तिम मङ्गलवार धुमधामका साथ मनाइएको हाे। पाेखराकाे रानिपाैवाबाट झाँकी सहितको वृहत् र्‍याली प्रदर्शनी सहित विशेष कार्यक्रमका साथ मनाइएकाे हाे ।

तमुधि नेपालकाे प्रााङगणमा आयाेजित कार्यक्रममा पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गुरुङ समुदायको संस्कार र संस्कृति संरक्षणमा स्थानीय सरकारकाे सधै साथ र सहयाेग रहने बताइन ।

 

उनले भाषा र संस्कृतिालाई नयाँ पुस्तामा हस्तान्तरणका लागि घरदेखिबाट सुरुवात गर्नुपर्नेमा जाेड दिइन ।कार्यक्रममा तमुधि नेपालीका संस्थापक अध्यक्ष कर्मा गुरुङले आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने बताइन ।

उनले पाेखराकाे तमुुह्युलााचाेेककाे तमुतमुस्याेकाे प्रतिमा हटाउने कुुरा मान्य नहुने बताइन ।उनले मृत्युवरण गर्न परेपनि तयार रहेकाे बताउदै कुनैपनि हालतमा स्वीकार्य नहुने बताइन ।

 

कार्यक्रम उत्कृष्ट  झाँकी नगद सहित सम्मान गरिएको थियाे ।आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होटे पर्व मनाउन पोखरामा विभिन्न ठाउँबाट पोखरा आई बसोबास गरेका तमुहरू आफ्नो कला संस्कृति झल्कने र आफ्नो परम्परागत भेषभुषामा समेत सजिएर र्‍यालीमा सहभागी हुनु भएको थियो । ट्होटें पर्व तमु समुदायले वर्षको दुई पटक चैत र साउनको अन्तिम मङ्गलवार मनाउँदै आएको पाइन्छ ।

 

तमु धिं नेपालको आह्वानमा पोखरामा विभिन्न गुरुङ समुदायका संघ सङ्गठनका प्रतिनिधिहरू पन्चे बाजाका साथमा झाँकी सहित विभिन्न जनवारदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी, लेकमा बस्दा निर्माण गरिने हस्तकलाका सामाग्री समेत र्‍यालीमा प्रर्दशन गरिएको थियो ।

 

पोखराको रानीपौवाबाट सुरु भएको र्‍याली पोखराको महेन्द्रपुल, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...