एकराज गिरी÷पोखरा, भदौ ६ गते । झट्ट हेर्दा सानो टिनको बक्सा जस्तो । त्यहाँभित्र बच्चालाई डाईपर वा न्याप्कीन फेर्ने ठाँउ ।हात धुने ठाँउ, महिलाका लागि आवश्यक स्यानिटरी प्याड राख्ने ठाँउ अनि फोहोर फाल्ने डस्विन । त्यहीभित्र दिशा पिसाव गर्ने प्यान । त्यतिमात्रै हैन अपांगमैत्री समेत रहेको छ । यति धेरै सुविधा सायद लाखौ रुपैयाँ खर्च गरेर निर्माण गरिएका शौचालयभित्र नहुनसक्छ ।
पर्यटकीय सहर पोखराको व्यस्त चोकमा निर्माण गरिएको सार्वजनीक शौचालयमा माथि उल्लेख गरिएका सबै सुविधा उपलब्ध छ ।चौबाटोको रुपमा रहेको सृजनाचोकमा गण्डकी प्रदेशको पहिलो आकाशे पुल रहेको छ । त्यही पुलको मुनि सार्वजनीक शौचालय निर्माण गरिएको छ ।
पार्क नजिकै सार्वजनीक शौचालय निर्माण गरिएको हो । सडकमा हिडने बटुवा र पार्क आउनेहरुलाई पिसाव लाग्दा चिनेका ब्यत्तिको घर वा खाजा खाने होटल खोज्दै हिडनुपर्ने बाध्यता हटेको छ । पोखरा महागनरपालिका वडा नम्वर ८ ले ६ लाख ८ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न सार्वजनीक शौचालय निर्माण गरेपछि दिसा पिसावका लागि भोग्नु परेको समस्या समाधान भएको छ ।
वडा लागतमा निर्माण गरिएको शौचालयको सोमबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दे उहाँले सार्वजनीक शौचालय पोखराका मुख्यचोकमा आवश्यक रहेको भएपनि जग्गाको समस्याले निर्माण हुन नसकेको अवस्थामा पोखरा ८ ले निर्माण गरेको बताउनुभयो ।
सानो छ तर सबै सुविधाको व्यवस्था रहेको छ उहाँले भन्नुभयो, “अपांगमैत्री, महिलाका लागि सेनेटरी प्याडको वक्स, वच्चाका लागि डाईपर फेरर्न मिल्ने लगायतका सुविधा रहेकाले यो महिलामैत्री, बालबालिका लागि समेत उपयुक्त छ ।यसले नागरिकलाई सहज हुनेछ ।”
पोखराका अन्य ठाँउमा पनि व्यवस्थित शौचालयको आवश्यकता छ उहाँले भन्नुभयो, “सार्वजनीक शौचालय बनाउने विषयमा त्यसको व्यवस्थापन नहुने भएकाले आफनो घर नजिकै बनाउन नदिने अवस्था सृजना हुने गरेको छ । यो शौचालयको ब्यवस्थापन राम्रो हुनेछ ।”
पोखरा वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले शौचालयको व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत सृजना विकास केन्द्रलाई जिम्मा दिइएको र त्यसका लागि आजैदेखि एक जना कर्मचारी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले पोखरा पर्यटकीय सहर भएकाले यहाँको वातावरण स्वच्छ बनाउन स्मार्ट शौचालयको खाँचो रहेको बताउनुभयो । उहाँले पार्क, नजिकै हस्पिटल समेत रहेको र सडकमा आवतजावत गर्नेहरुलाई सजिलो हो भन्ने उद्देश्यले शौचालय निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, नेकपा एमाले वडा कमिटि सचिव दिपक घिमिरे, नेपाली काँग्रेसका वडा सभापति विश्व विजुक्छे, नेकपा माओबादका दामोदर सिग्देल, नेकपा एकिकृत समाजबादीका बालकृष्ण बराल, राप्रपाका बाबुराम चालिसे, उपभोक्ता समितिका अध्यक्ष पुष्पराज सिग्देल लगायतले बोल्नुभएको थियो । वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडासचिव सविता ढुंगानाले गर्नुभएको थियो ।