विपी स्मृति पुस्तकालय गण्डकीले ११ जनालाई सम्मान गर्ने

पाेखरा, भदौ २३ गते ।नेपाली काँग्रेस गण्डकी प्रदेश समिति अन्तर्गत विपी स्मृति पुस्तकालयले प्रदेश भित्रका ११ जनालाई सम्मान गर्ने भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट एक÷एक जनालाई सम्मान गर्न लागिएको पुस्तकालयका कोषाध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार सम्मानित हुनेमा मुस्ताङबाट सुवर्ण विष्ट, म्याग्दीबाट अजय मिलन श्रेष्ठ, बाग्लुङबाट कुलराज गौतम, कास्कीबाट नन्दादेवी गुरुङ, स्याङजाबाट खगेन्द्रराज रेग्मी, नवलपुरबाट दुलारे महतो, गोरखाबाट चन्द्र प्रकाश न्यौपाने, मनाङबाट कोमल घले, लम्जुङबाट पृथ्वीलाल गुरुङ र तनहुँबाट जीवन ध्वज गुरुङ हुनुहुन्छ ।

 

 

उहाँहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पु¥याउनुुभएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो । आगामी भदौ २४ गते ११० औं विपी जयन्तीको अवसरमा कार्यक्रम गर्न लागिएको पुस्तकालयका अध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिनुभयो ।

 

 

पोखराको वास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा हुने कार्यक्रमको नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो ।  कार्यक्रममा विपीका योगदानबारे वक्ताहरूले चर्चा गर्नुुहुने छ । कार्यक्रममा गण्डकीका ११ वटै जिल्लाबाट सहभागी हुने जनाइएको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...