पाेखरा, कार्त्तिक ७ गते ।पाेखराकाे बगर हेमजा सडक निर्माण कार्य जारी छ। सडक निर्माण ढिला हुदा साे सडक भएर यात्रा गर्नेहरुले सास्ती खेप्नु परेकाे छ ।धुलाेले पैदलयात्री र सवारीसाधनमा यात्रा गर्ने सबैलाई समस्या भएकाे छ ।
पाेखरा बाग्लुङ राजमार्गकाे ब्यस्त सडक विस्तार ढिलाईले दशैं मनाउन जानेहरु समस्यामा छन भने दशैकाे लागि बिशेश गरि मुस्ताङबाट बिक्रीका लागि ल्याइएका च्यागाकाे बजार यतिबेला साेहि क्षेत्रमा छन ।च्यांगा किन्न जानेहरुकाे भिड लागेकाे छ ।
सडकमा धुवाँ र धुलाेले सास्तीकाे अवस्था देखेपछि पाेखरा महानगरपालिका वडा नम्बर १ का सदस्य रामजी प्रसाद पाैडेलले आफैले पानी हालेका छन । उनले बगरदेखि याम्दिसम्मकाे सडकमा आफैले पानिकाे टंयाङकर चलाएर पानी हालेका छन ।सडक निर्माण कम्पनिका कर्मचारी नभएपछि सदस्य पाैडेलले आफैले गाडि चलाएर पानी हालेका हुन । सडक निर्माण कम्पनिका कर्मचारी घर गएछन उनले भने, धुलाे उड्याे भन्ने गुनासाे आयाे अनि कम्पनीकाे गाडी आफैले चलाएर पानी हालेकाे हुँ ।
सडकमा धुलाे उडेर समस्या भएकाे देखेपछि आफैले टंयाङकर चलाएर पानी हालेकाे बताए ।दशैंकाे बेला सवारी साधनकाे चापले धुवाधुलाे उडेर यात्रा असहज भएकाे अवस्था देखेर आफैले पानी हालेकाे हुँ सदस्य पाैडेलले सफल नयुजसंग भने । विगत एकसतादेखि सडक विस्तार भैरहेकाे क्षेत्रमा आफुले पानी हालि रहेकाे उनले बताए ।