पाेखरा, कार्तिक १२ गते ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेटस अन्नपूर्ण आधार शिविर जाने भएका छन । उनी नेपालकाे चारदिने भ्रमणका लागि आज आइतबार नेपाल आएका छन ।
उनी नेपालकै प्रसिद्व अन्नपूर्ण आधार शिवरमा जानेभएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्वागतकाे लागि तयारी थालेकाे छ । अन्नपूर्ण गाउँपालिकामा पर्ने आधार शिविरमा भब्य स्वागतकाे तयारी गरिएकाे गाउँपालिकाका प्रबक्ता भरतमान गुरुङले जानकारी दिए ।
प्रसिद्व पदयात्राका लागि महासचिव गुटेरेस कार्तिक १४ गते मगंलबार बिहान साँढे छ बजे हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका रहेकाे उनले बताए ।आधार शिविरकाे भ्रमणसंगै जलवायु परिवर्तनका असरहरुबारे बुझ्ने कार्यक्रम समेत रहेको प्रबक्ता गुरुङले बताए ।
सो कार्यक्रमको तयारीसँग सँगै स्वागतको लागि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी नेतृत्वको टोलिले आअन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ ।
(२०८० कात्तिक १२)