पाेखरा, कार्तिक १३ गते । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । विहान ११ बजे उनी पाेखरा बिमानस्थलमा उत्रने छन ।
उनी नेकपा एमाले गण्डकी प्रदेश कमिटिको नवनिर्वाचित कमिटिको सपथ ग्रहण एवं कार्यकता भेलाको प्रमुख अतिथिका रुपमा पोखरा आउन लागेका हुन ।
पोखरा सभागृहमा हुने सपथ ग्रहण तथा कार्यकता भेलालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धन्नज्य दवाडीले बताए ।सपथ ग्रहण कार्यक्रममा सहभागी हुन् प्रदेशसंगै जिल्ला, महानगर कमिटि, गाँउपालिका कमिटिका पदाधिकारी, सदस्यहरु तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई उपस्थितिका लागि अनुुरोध गरिएको छ ।
एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशन गत असोज १५ देखि १८ गतेसम्म पोखरा सभागृहमा भएको थियो । अधिवेशनमा म्याग्दीका नवराज शर्माले लमजुङका मायानाथ अधिकारीलाई पराजित गदै अध्यक्ष निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्षमा मिनप्रसाद गुरुङ ,सचिवमा धनञ्जय दवाडी, त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विक , उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासी विजयी भए । प्रदेश कमिटि १६५ सदस्यीय रहेको छ ।