पोखरा, मंसिर ११ गते ।नेपालमा लोडसेडिङको अन्त्य गरेको र उज्यालो नेपालका नायक भनेर प्रचार गरिएका माओबादी नेता जनार्दन शर्माको क्षेत्रमा मोवाइल चार्ज समेत गर्न नपाएको गुनासो गरेका छन् ।
माओबादी नेता एवं पूर्व अर्थ तथा उर्जा मन्त्री समेत भैसकेको जनार्दनको क्षेत्रमा मोबाइल चार्ज गर्न नपाएको भुकम्प प्रभावित क्षेत्रमा उद्धार र अस्थायी घर टहरा निर्माणमा खटिएका राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले गुुनासो गरेका छन् । चौरझारी नगरपालिका पोखरी,जोगिनेटा, बन्चरे डाँडा, मानाकोट, नेप्टे काडा भक्ति टाकुरा, सर्केना सानोखोला क्षेत्रमा विद्युत नहुदाँ मोबाइल चार्ज गर्न समेत नभएको र मोबाइलको टावर समेत नहुने गरेको बताए । उनले भने, “विजुुलीको त कुरै छाडौ मोबाइलको टावर हुदैन् । घाम नलागे फोनबाट बञ्चित भैन्छ ।”
अध्यक्ष जिसीले भने, उज्यालो नेपालको नायक भनेर माओबादीले प्रचार गरेको भएपनि उनैको क्षेत्रमा मोबाइल समेत चार्ज गर्न पाइएनन् । अवस्था यस्तो रहेछ । त्यत्ति मात्रै हैन् मोबाइलमा फोन गर्दा घाम लाउनुपर्ने नत्र टावर समेत नहुने रहेछ उनले भने । लोडसेडिं अन्त्य गरेको दावी गर्ने जनार्दनले आफनो क्षेत्रमा यस्तो अवस्था देख्दा दुुःख लाग्यो उनले सफल न्यूजसंग भने ।
यता बन्चरे डाँडामा भुुकम्प पीडितको लागि अस्थायी टहरा निर्माणमा खटिएका प्रकाश थकालीले टुुकि बाल्नुपर्ने अवस्था रहेको बताए । उनले भने,“ चिसो छ । बिजुली छ्रैन् । अझै टुकि बाल्नुपर्ने अवस्थामा जनता रहेछन् ।माओबादीले आफनो सरकारका पालामा र त्यही निर्वाचन क्षेत्रका सांसद जनार्दन शर्माले लोडसेडिङ अन्त्य गरेको दावी गरेको देख्दा दया लाग्यो ।” भुकम्पले भत्काएका घरमा नागरिकहरु अध्याँरोमा बस्न बाध्य छन् अध्यक्ष जिसीले भने,“सरकारले भुकम्प पीडितलाई राहत दिलाउने भन्दा पनि अझ आहात दिएको महसुुस गरेका छौ ।” खुल्ला आकाशमुुनि नागरिकले रात विताउनुपर्ने अवस्था रहेको छ उनले भने, “एमाले र युवा संघका कार्यकताले अस्थायी टहरा निर्माण गरेर पीडितको दुुःखमा साथ दिएको छ ।”
चौरजहारी नगरपालिका १० निवासी जोन आर सि भन्छन् बाहिर उज्यालो अभियानका नायक भन्ने जनार्दन शर्मा हाम्रो क्षेत्रबाट निर्वाचित हुुन उनले भने, म चौरजहारी नगरपालिकाको बासिन्दा हुुँ तर यहाँ बिजुली छ्रैन अन्य गाँउपालिकाको त कुरैे नगरौँ ।
गण्डकी प्रदेशबाट जाजरकोट र रुकुम पश्चिममा खटिएको युवा संघको टोलीले भुकम्प प्रभावितका लागि ४० वटा अस्थायी घर टहरा निर्माण गरेको छ । भुुकम्पले घर भत्केर पुरेको अवस्थाबाट ३ वटा भग्नाशेषबाट सामाग्री निकालेर ४० वटा अस्थायी टहरा, शौचालय निर्माण र १५ हजार नगद सहित १५ हजार मुल्य बराबरको त्रिपाल लगायत अन्य सामाग्री सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले ेजानकारी दिए ।
उनका अनुसार चौरझारी, नगरपालिका पोखरी, जोगिनेटा, बन्चरेडाँडा, मानाकोट, नेत्टे काडा, भक्ति टाकुरा, सर्केना, सानोखोला लगायतका क्षेत्रमा अस्थायी टहरा निर्माणको काम सम्पन्न गरेको छ ।राष्ट्रिय युवा संघले अस्थायी आवास निर्माण गरेपछि चौरझारीका भुुकम्प प्रभावित खुुशी भएका छन् । उनीहरुले देशमा सरकार भएको आभाष नभएपनि एमाले छ भन्ने अनुुभुति गरेको बताएका छन् ।