पोखरा, मंसिर ।पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए ।
लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल र अनुपमान कर्माचार्य छन्् । संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल संयोजक रहेको निर्वाचन समिति सदस्य ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य थिए ।
त्यसअघि, कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले पोखरामा पाल्पालीले व्यावसायिक उत्तरदायित्व बहन गर्नुका साथै मौलिकतालाई बचाउँदै आएको बताए ।जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्री कोइरालाले मासिक बचत संस्थाको मेरूदण्ड भएकोले बचतमा जोड दिनुपर्ने सुझाव दिइन् । उनले संख्यात्मक रुपमा सहकारी बढेकोले भन्दै मर्ज गर्नुपर्नेमा बताइन् ।
कार्यक्रममा गुल्मेली समाज पोखराका निवर्तमान अध्यक्ष एवं रेसुंगा सहकारीका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’, सम्मानित व्यक्तित्वतर्फबाट सहकारीमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलगायतले बोलेका थिए ।सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
यसैबीच, सहकारीले पाल्पाली सहकारी पत्रकारिता पुरस्कारबाट श्यामनाथ कुँवरलाई पुरस्कृत गरेको छ । उनलाई मन्त्री जिसीले ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सहकारीका प्रेस सल्लाहकार कुँवर तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाल समाधान दैनिकमा कार्यरत उनले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत कैयौं पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
सो अवसरमा सहकारीमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई संस्थागत सम्मान गरियो । उत्कृष्ट कारोबारकर्तामा सेयर सदस्य बलबहादुर राउत सम्मानित भए ।सो अवसरमा संस्थाका सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान गरियो ।
संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक बाबुराम खनाल र सञ्चालन सचिव रेशम रचक थापाले गरेका थिए । शिक्षा उपसमिति संयोजक बालचन्द्र परियारले सहकारीका ७ सिद्धान्त वाचन गरे । सहकारीमा ४८१ सेयर सदस्य छन् ।