पाेखरा, मंसिर २० गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लैंगिक हिंसा अन्त्यका लागि साझा पहल आवश्यक रहेकाे बताउनुभएकाे छ ।
पाेखरा महानगरपालिका वडा नम्बर १७ ले आयाेजना गरेकाे लैंगिक हिंसा बिरुद्ध महिला पुरुष समसचेतना कार्यक्रमकाे उद्घाटन गर्दै उहाँले समाजमा हिंसाका प्रकार धेरै रहेकाे र अन्त्यका लागि महिला पुरुषको साझा प्रयास हुनुपर्ने बताउनुभयाे ।
नेपाली समाजमा धेरै महिला हिंसामा पर्ने र हिंसा गर्ने पुरुष हुने भएकाले पुरुषको एक्यवद्धता हुनुपर्ने बताउदै समाजमा धेरै प्रकारका हिंसा छन उहाँले भन्नुभयाे, लैंगिक हिंसा अन्त्यका लागि कानुन बनेकाे छ तर त्यसकाे प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।
उनले लैगिक हिंसा अन्त्यका लागि महानगरले महिला पुरुष समसचेतना कार्यक्रम ३३ वटै वडामा सञ्चालन गरिरहेको बताउनुभयाे ।
उहाँले महिलालाई जनसंख्याको रुपमा मात्रै नभइ जनशक्तिमा गणना गर्नुपर्नेमा जाेड दिनुभयाे । उपप्रमुख गुरुङले विभेद रहित समाज निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जाेड दिदै महानगरलाई महिलामैत्री बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयाे ।
पाेखरा वडा नम्बर १७ का वडाअध्यक्ष राधिका शाही याेगिले महिला पुरुषकाे सहकार्य विना हिंसा अन्त्य सम्भव नहुने बताउदै महिलाहरु जागरुक र सचेत हुनुपर्नेमा जाेड दिनुभयाे । वडा सदस्य विक्रम गुरुङले लैंगिक हिंसा अन्त्यका लागि सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे बताउनुभयाे ।