पाेखरा,मंसिर २३ गते ।ज्येष्ठ नागरिक सराेकार समाज नेपालले आफ्नो वार्षिक साधारणसभाकाे अवसरमा १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
समाजकाे एघारौं वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई सम्मान तथा ज्येष्ठ नागरिक आवाजकाे विमाेचन मेत गरिएको छ ।
समाजले आफना आजिवन सदस्यहरु मध्ये ७५ वर्ष पूरा भएका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे हाे ।
सम्मानित हुनेहरुमा केदार गिरी, हर्कमान श्रेष्ठ, टंक प्रसाद द्वा, केशबहादुर गुरुङ, केदारप्रसाद मर्सानि, रामगाेपाल ढेवाजु,बासुदेव बराल,माेहनमाया श्रेष्ठ, विष्णुप्रसाद ढेवाजु,प्रेेमबहादुर कुवर,शसिधर पराजुली,चञ्चली श्रेष्ठ,नारायणमान श्रेष्ठ,बाेधराज घिमिरेलाई सम्मानपत्र, खादा र अविर लगाएर सम्मान गरिएकाे हाे ।
सम्मानित सबैलाई गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापा र ज्येष्ठ नागरिक समाजका अध्यक्ष भक्तराज श्रेष्ठले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य थापा, पदमा गाैतम, शिव बहादुर कार्की, कुशुमकेशव पराजुली, समाजका उपाध्यक्ष स्वागत केशव प्रसाद ढकाल लगायतले बाेलेका थिए ।समाजमा ४५० जना सदस्य रहेका छन ।