पोखरा, मंसिर २४ गते । पोखरामा कोरोना भाइरस संक्रणबाट चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एक÷एक जनाको कोरोना संक्रमितको मृत्यु भएको हो ।
ण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको डा। शर्माले बताए । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यता पोखरा १३ का ७७ बर्षीय पुरुषको मृत्ुयु भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।