पाेखरा, पुस १७ गते ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले बिभिन्न कारणले शरिरमा अर्धपोशाक तथा १ सरो कपडा विहिन अवस्था प्रहरी कार्यलयमा आईपुग्ने महिलाहरुको लागि कपडा सहयोग गरेको छ ।
विभिन्न कारणहरु बाट पिडित वा पिडक भई आउने वा प्रहरीले उद्दार गरी कार्यालयमा ल्याउनुपर्ने महिलाको शरिरमा कपडा च्यातिएको भएमा वा जिउ ढाक्न १ सरो कपडा समेत नभएको अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीमा महिलाको लागि कपडा सहयोग गरेको हो ।
संघकी अध्यक्ष अनिता गुरुङको प्रमुख संयोजकत्वमा सहयोग गरीएका कपडाहरु एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कास्कीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले महिलामैत्री प्रहरी सेवा लाई थप परिष्कृत बनाउने उद्देश्यका साथ उक्त सहयोग गरीएको बताउदै आगामी दिनहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।