पाेखरा, पुस १९ गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लागू पदार्थ नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेकाे बताएकी छन ।
लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहकाे १९ आै साधारणसभाकाे उद्घाटन गर्दै याे समस्या साझा रहेकाे बताउदै नियन्त्रणमा पनि सरकार, प्रहरी र नागरिक समाजकाे साझा प्रयासबाट मात्रै सफल हुने बताइन ।
उनले लागू पदार्थ प्रयाेगले स्वास्थ्य र सम्पत्ति सबै सक्किने बताउदै घर परिवारले आफन्त परिवारका सदस्यका बारेमा चासाे राख्नुपर्नेमा जाेड दिइन ।उनले समाज सुधार आमा समुहले लागू प्रदार्थ नियन्त्रणमा महत्वपुर्ण भुमिमा खेलेकाे बताइन ।
पाेखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधानले लागू पदार्थ नियन्त्रणका लागि आमा समुहकाे भुमिका प्रशंसनिय र महत्त्वपूर्ण रहेकाे बताईन
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार वि.क, सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुली, ओम गुरुङ लगायतले बाेलेका थिए ।