प्रहरी अभाव, दबाब र प्रभावबाट मुक्त हुनुुपर्छ : मुुख्यन्यायाधीश पोखरेल

पोखरा, पुस २२ गते । उच्च अदालत पोखराका मुख्यन्यायाधीश माधवप्रसाद पोखरेलले नेपाल प्रहरी अभाव, दाबाब र प्रभावबाट मुक्त हुुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश स्तरीय अपराध अनुुसन्धान समीक्षा गोष्ठी–२०८० को उद्घाटन गर्दै प्रहरीले गर्ने अनुुसन्धान अभाव, प्रभाव र दबाबबाट मुक्त हुनुपर्ने बताउदै भने,“प्रहरीले राजनीतिक दबाबमा नपरी स्वतन्त्र रुपमा काम गर्नुपर्छ । त्यसरी प्रहरी कार्य गर्दा सफल हुन्छ ।” उनले नेपाल प्रहरी सामाजिक ब्यवहारदेखि सबै क्षेत्रमा पुुग्ने भएकाले जनताको विश्वास रहेको बताए ।उनले नेपाल प्रहरीले अपराध अनुुसन्धानमा लामो समयदेखि गरेको मेहनत नागरिकप्रति विश्वसनिय रहेको बताए । उनले समिक्षा मार्फत विगतका कमीकमजोरी सच्याएर अगाडी बढनुपर्नेमा जोड दिए ।

नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुवँरले अपराध अनुुसन्धानलाई प्रभाबकारी बनाउने उद्देश्यले समिक्षा कार्यक्रम गरिएको बताए । उनले गण्डकी प्रदेशमा गरिने प्रभावकारी अनुुसन्धान, सेवा प्रभाहले अन्र्तराष्ट्रिय स्तरमा समेत प्रभाव पार्ने बताउदै पछिल्लो समय बंैकिङ कसुर सम्वन्धी र लागुु औषध मुुद्धा बृद्धि भएको बताए । उनका अनुुसार बैैंकि मुुद्धा २ सय प्रतिशतले बृद्धि भएको बताए । उनले लागुुऔषध गण्डकीमा विगतमा भन्दा घटेपनि राष्ट्रिय रुपमा बढेको बताए । उनले लागुुऔषधका नियन्त्रणको विषयमा कार्ययोजना बनाएर जिल्लाजिल्लामा पठाएको बताए ।उनले गण्डकी प्रदेशका गाँउगाँउमा पुुगेर प्रहरीले सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गरे ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुुदेवी गुरुङले प्रहरी प्रशासन र जनप्रतिनिधिप्रति नागरिकको दृष्टिकोण नकरात्मक रहेको बताउदै त्यसलाई परिर्वतन गर्ने गरी काम गर्नुुपर्नेमा जोड दिइन् । उनले प्रहरी, जनप्रतिनिधि र नागरिक वीचको सम्वन्धलाई समुुधुर बनाउदै अपराध नियन्त्रणमा जुुटनुपर्नेमा बताइन् ।उनले पोखरा महानगर न्यायिक समितिले न्याय सम्पादनको काम गरिरहेको र केही समस्या रहेको बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यन्यायधिबक्ता चिरञ्जीवी शर्माले प्रहरी आफनो कर्तव्य पथमा इमानदार हुनुपर्ने र ।राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।

 

उनले प्रहरीलाई राजनीतिक हस्तक्षपबाट मुक्त गराउदै अपराधको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए प्रहरीलाई सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउन नसकेका कारण अनुसन्धान प्रभावकारी नभएको बताए । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता यदुनाथ शर्माले सरकारी वकिल कार्यालय र प्रहरी वीच समन्वय नभएको बताउदै अनुुसन्धान कमजोर हुदाँ प्रहरी सकारी वकिल कार्यालयप्रति नागरिकको विश्वास बढन नसकेको बताए । कार्यक्रमा पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख बृद्धिराज गुुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...