पोखरा महानगर बक्सिङ संघमा कार्की

जेठ ६ पोखरा ।पोखरा महानगरपालिका बक्सिङ संघको अध्यक्षमा सन्तोष कार्की चयन भएका छन् ।आइतबार पोखरामासम्पन्न एक भेलाले ३ वर्षे कार्यकालकालागि कार्कीको अध्यक्षतामा ७ सदस्यीय समिति गठनगरेको हो ।समितिकोउपाध्यक्षमा दीलिप दोषी, सचिवमा बुद्ध गुभाजु, कोषाध्यक्षमा विष्णु कायस्थ चयन भएकोसचिव गुभाजुले जानकारी दिए ।

यस्तै सदस्यहरुमासोनी बरुवाल, महत्तम श्रेष्ठ र शशी पौडेल छन् ।आजै बसेकोसंघको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समितिपनि चयन गरेको छ । जसमा रमेश थापा,कास्की जिल्ला बक्सिङ संघ, गण्डकी प्रदेश बक्सिङ संघ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाअध्यक्ष र नेपाल बक्सिङ संघ महासंघका कार्यसमिति सदस्य राजेन्द्र पहारीलाई चयन गरेकोसचिव गुभाजुले जानकारी दिए ।यस्तै संघलेपोखराका विभिन्न सामुदायिक विद्यालयहरुमा बक्सिङ खेलको बारेमा जानकारीसँगै प्रशिक्षणकाकार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

 

यसअघि कार्यक्रमकोपोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले उद्घाटन गरेकोथिए । उनले बक्सिङ खेलको विस्तार तथा पर्वद्धनमा लाग्न संघलाई आग्रह गरे ।  यसका लागि महानगर खेलकुद विकास समितिबाट सहयोगरहने प्रतिवद्धतासमेत व्यक्त गरे ।अध्यक्ष कार्कीकोअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...