प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालो झण्डा

पोखरा, जेठ २३ गते ।प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा कालो झण्डा देखाइएको छ । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउदै प्रर्दशन गरेका हुन् । नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलामा सहभागी हुन आएका प्रधानमन्त्री एवं माओबादी अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाउदै आफनो पैशा फिर्ता र दोषिलाई कारबाही गर्न माग गरे । पोखरा सभागृहमा आयोजित भेला सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका थिए । उनी सभागृह प्रवेश गर्ने क्रममा कालो झण्डा, ब्यानर सहित नाराबाजी गरेका थिए ।

सहकारी पीडितले पीडितलाई न्याय दे’, पीडितको बचत फिर्ता गर, दोषिलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।कालो झण्डा र ब्यानर देखाउने क्रममा प्रहरी र पीडित वीच धकेलाधकेल समेत भएको थियो । प्रर्दशन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई जनालाई कुुटपिट गरेको दावी पीडितको छ । कुुटपिटबाट घाइते महिलाहरुलाई प्रहरीकै भेनमा राखेर उपचारका लागि अस्पताल लगिएको थियो । ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । ‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर, न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।’

 

‘हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो रु’ उनले भने, ‘अब हामी पक्राउ परेका पीडितका पक्षमा जहाँ लगिएको छ, त्यहीँ पुग्नेछौं ।’ उनीहरुले देशको अभिभावकलाई आफनो गुनासो सुनाउन आएको भएपनि बल प्रयोग गरेको आरोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...