पोखरा, मंसिर २८ गते । गण्डकी प्रदेशमा ८६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सोमबार पोखराका मात्रै ६८ जना संक्रमित रहेका छन् ।
त्यस्तै नवलपरासीमा दश जना, तनहुँमा छ जना र स्याङजाका दुई जना रहेका छन् । पछिल्लो २४ घण्टामा २१२ जनाको कोरोना परिक्षण गरिएको थियो भने १२६ को नतिजा नेगेटिभ आएको थियो । सोमबार पाँच जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा १३९१ होम आइसोलेसनमा रहेका छन् ।गण्डकीमा १३४२१ जना संक्रमित भएका छन् । गण्डकीमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १८४ पुगेको छ ।