पाेखरा, माघ ७ गते ।पाेखरा महानगरपालिकाकाे १६ आै नगरसभा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।महानगरपालिकाकाे विशेष नगरसभाले गरेका निर्णय हुबहु कार्यान्वयनकाे माग गर्दै नगरसभा बहिष्कार गरिएको एमाले जनप्रतिनिधिले जनाएका छन् ।
पाेखरा महानगरलाई करार मुक्त गर्ने नगरसभाकाे निर्णय कार्यान्वयन नगरि आस्थाका आधार पुर्वाग्रही भएर महानगरका मेयर धनराज आचार्यले राखेका करार कर्मचारी बचाउने याेजना सहित पत्र पठाएकाे भन्दै नगरसभा बहिष्कार गरेको बताइएको छ ।
पोखरा महानगरपालिकाको विशेष नगरसभाले गरेका निर्णय हुबहु क्रमागत रूपमा लागु नभएको र त्यसका केहि बुदामा टेकेर मनोमानीरूपमा यो वा त्यो बहानामा कोहि कर्मचारी लाई काखी च्याप्ने र कसैलाई हटाउने महानगरको मनोमानीको विरोध स्वरूप आजको नगर सभा हामीले हाम्रो स्पष्ट माग सहित बहिष्कार गरेका छौ पाेखरा ३३ का वडा सदस्य बिनाेद बाबू भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनका अनुसार विशेष नगरसभाले गरेका निर्णय
हुबहु क्रमागत रूपमा लागु गर्नुपर्ने, पोखरा महानगरपालिकाको मनोमानी बन्द गर्नुपर्ने, पोखरा महानगरपालिकामा आर्थिक
सुशासन कायम गर गर्नुपर्ने, करारका कर्मचारीको विकल्प करारका कर्मचारी हुन नसक्ने बताउदै नगरसभा बहिष्कार गरिएको उनले बताएका छन् ।
त्यस्तै काजका कर्मचारीको विकल्प काजका
कर्मचारी हुन नसक्ने, कसैलाई काखा र कसैलाई पखा गर्न
पाइदैन् र महानगरमा विधिको शासन कायम गर्न माग गर्दै सभा बहिष्कार गरिएको हाे उनले भने । एमाले जनप्रतिनिधिकाे बहिष्कार र विरोधपछि माघ १० गतेसम्मका लागि विशेष नगरसभा स्थगित भएकाे छ ।