सशस्त्र प्रहरी बललाई पराजित गर्दै मछिन्द्र क्वाटरफाइलनमा

पोखरा, माघ २३ गते ।विभागीय क्लब सशस्त्र प्रहरी बललाई २–० गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार दिउँसो पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मछिन्द्रले दुवै गोल दोस्रो हाफमा गर्दै जित दर्ता गरेको हो ।

पहिलो मिनेटमा आयुष घालानलाई फउल गरेपछि प्राप्त फ्रिकिको अवसर मछिन्द्रले पायो । ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपरले बचाउ गरे । ३५ औं मिनेटमा अर्को फ्रिकिकलाई पनि मछिन्द्रले सदुपयोग गर्नबाट चुक्यो । करीमको प्रहारलाई मनिष डाँगीले हानेको हेड बल आउट हुन पुग्यो । ४१ औं मिनेटमा अनिष श्रेष्ठको प्रहार पन्च सेभ गरेर बचाउ गरेपछि पहिलो हाफ मछिन्द्रको प्रयास असफल रह्यो ।

 

 

४५ औं मिनेटमा सशस्त्रले मौका पायो । प्रदीप लामाले दुई डिफेन्सलाई कटाउँदै सिक्स यार्ड बक्सबाट फष्ट बारमा प्रहार गर्न खोजेको बललाई अनुभवी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरे । खेलको ७४ औं मिनेटमा बैकल्पिक खेलाडी अदित्य शाक्यले पहिलो गोल गर्दै मछिन्द्रलाई खाता खोले । दोस्रो गोल खेलको ८३ औंमा गर्दै मछिन्द्रले अग्रतासँगै जित सुनिश्चित बनायो । स्टेफल कामाहाले गोल गरे । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

 

 

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन तथा जयश्री फुड्सको सह प्रायोजनमा रहेको प्रतिस्पर्धामा बिहीबार एनआरटीले अपी पावर चर्चब्वाईज युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...