पाेखरा, माघ २५ गते । पहुना टाेलि थन्डरबाेल्टस क्लब आहा रारा गाेल्ड कपकाे क्वाटरफाइनल प्रवेश गरेकाे यात्रा तय गर्दा संकटा क्लब पहिलाे खेलबाटै घर फर्किएको छ ।
पोखरामा रंगशालामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पहुना टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको हाे । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले गाेलकाे सहज जित निकाल्याे ।
खेलको १७औं मिनेटमा गाेलकाे खाता खाेलेकाे संकटाले आफ्नो लय गुमाउदा प्रतियाेगिताबाट बिदा भयाे । मनिष पौडेलले संकटाका तर्फबाट गाेल गरेका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका थिए । उनले पासाङ लामाको पासमा गाेल गरे ।
खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल गर्दै संकटाकाे खुशी धेरै बेर टिक्न दिएनन् ।थन्डरले पाएको पेनाल्टी काे अवसरलाई सदुपयाेग गर्दै पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा टुंग्यायाे ।
थन्डरले खेलको ७७औं मिनेटमा गाेल अन्तर २-१ काे अबस्थामा ल्यायो । थन्डरका करन राईले टिमका लागि गाेल थपे । उनले आन्द्रेको क्रशमा बक्सबाट गोल गरे । संकटाका डिफेण्डर र किपर दिप कार्कीले बल रोक्ने कुनै अवसर पाएनन् ।
दाेश्राे हाफमा थन्डरका खेलाडी संकटामाथि हाबि बन्यो ।थन्डरका आदर्श तामाङले खेलको ८४औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै क्वाटरफाइनल यात्रा पक्का गर ।
उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थन्डरबोल्टलाई ३-१ को अग्रता दिलाउदा संकटाले आहा रारा गाेल्डबाट बिट् मार्दै घर फर्किन बाध्य भयाे ।