विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन

पोखरा, २९ माघ ।  पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।

‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।

 

गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।
च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे  ।यस्तै उपविजेता बनेको रामघाटले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिप कार्की, उत्कृष्ट डिफेन्डरका रुपमा गन्नी एफसीकै हेमन्त तामाङ ट्रफिसहित नगद रु ७ हजारसहित पुरस्कृत बने ।

 

यस्तै उदीयमान खेलाडीका रुपमा छोरी सुशानका अंकित गुरुङ, सर्वाधिक गोलकर्ताका रुपमा बिगसिटी क्याफे लेकसाइडका आयुष थापा (६ गोल) नगद रु ७ हजारसहित ट्रफिसहित पुरस्कृत भए ।

 

अनुशासित टिमको अवार्डबाट नगद रु ९ हजारसहित केआइइसी बुन एफसीलाई पुरस्कृत गरिएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

 

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका उद्यमी किरण केसी, पुरस्कारदाताहरु, आयोजक संस्थाका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।गत संस्करणको उपाधि भने लामागाउँ गुम्बाले जितेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...