पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित पहिलो पटक पोखराको भ्रमण गरेका छन्। यस ऐतिहासिक भ्रमणमा उनले आफ्नी छोरी, राजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी शाहको जन्मदिन पोखराको प्रसिद्ध ओपनहाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा मनाए।
राजपरिवारको यो भ्रमणलाई पोखराका स्थानीयवासी र पर्यटन व्यवसायीहरुले निकै महत्वपूर्ण रुपमा लिएका छन्। ओपनहाउस रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा पूर्व राजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह, छोरा युवराज पारस शाह लगायत राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो। राजकुमारी प्रेरणाको जन्मदिनको अवसरमा केक काट्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। त्यसपछि राजपरिवार क्लब क्याटवाक गएको थियो जहाँ थप उत्सव मनाइएको थियो।
पूर्व राजा ज्ञानेन्द्रले ओपनहाउसको सुन्दरता, व्यवस्थापन र वातावरणको प्रशंसा गरे। उनले पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित पारेको बताए। ओपनहाउस र क्लब क्याटवाक दुवैको आतिथ्यताले आफूलाई थप प्रभावित पारेको पनि उनले बताए। यस भ्रमणले पोखराको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरुले व्यक्त गरेका छन्।
राजपरिवारको भ्रमणको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। ओपनहाउस र क्लब क्याटवाक आसपासको क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो। यद्यपि, राजपरिवारले स्थानीयवासीहरुसँग घुलमिल भएर फोटो खिचाउनुका साथै कुराकानी पनि गरेका थिए। उनीहरुले पोखराका केही स्थानीयबासीहरुसँग संक्षिप्त कुराकानी समेत गरे।
यसअघि पूर्व राजा ज्ञानेन्द्र विभिन्न समयमा पोखरा आए पनि परिवारसहित पहिलो पटक भ्रमण गरेको र छोरीको जन्मदिन मनाएको भने यो पहिलो पटक हो। यो भ्रमणले पोखराको पर्यटन विकासमा नयाँ आयाम थपेको छ। ओपनहाउस र क्लब क्याटवाक जस्ता लोकप्रिय गन्तव्यमा राजपरिवारको आगमनले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।