पोखरा, पुस ३ गते । पोखरामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका ३ नदीपुरबाट ३४बर्षीय बालकृष्ण गिरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका नदिपुर रामेश्वर मन्दिरबाट गिरीलाई पक्राउ गरेको हो । गिरीले लुकाई छिपाई लिएर हिडिरहेको अवस्थामा लागूऔषध डाईजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल, ब्रुफिनर्फिन ३५ एम्पुल गरी १०६ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो । गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जनाएको छ ।