फिस्टेलमा एसइई र फिस्टेल एसइई  स्कलर्श कप

पोखरा, १३ असार /पोखरा – १७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी आई.बी.वर्ल्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेल नन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पार्यो । यस प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम सहभागी भएका थिए ।

३३ छात्र बास्केटबलतर्फ फिस्टेल समूहले बेनपा समूहलाई १६–१० स्कोरमा पाखा लगाई विजेता बन्यो भने बेनपा  समूह उपविजेता बन्यो । यस्तै ३३ छात्रा बास्केटबलमा फिस्टेल समूहले अमिची समूहलाई ६–४ स्कोरका साथ पराजित गरी विजेता भयो भने अमिची  समूह उपविजेता बन्न पुग्यो । यी दुवै खेलका विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. दश हजार नगद हात पारे भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. पाँच हजार हात पारे ।

यसै गरी  फिस्टेल एसइई  स्कलर्श कप अन्तर्गत भएको वेभ डिजाइन प्रतियोगितामा रियोग पनेरु, सुदीप लामिछाने र सक्षम पहारीले क्रमशः प्रथम, द्वितीय र तृतीय बने । विज्ञान तथा गणित ओलम्पियाडतर्फ विष्णुप्रसाद पहारी र सम्राट पौडेलको समूह प्रथम बन्दा विराज सुवेदी, रिजन पोडेल र विकल न्यौपानेको समूह द्वितीय बन्यो । यसैगरी सफल शर्मा, रवि गौतम र अनुपम पराजुलीको समूह तृतीय बन्यो । यस्तै डिजाइन थिङ्किङ च्यालेन्जमा सक्षम पहारी, सङ्घर्ष कार्की, सुदीप लामिछाने, समीप थापा र सुमन ढुङ्गानाको समूह प्रथम बन्दा स्वरूप तिवारी, दर्शन तिवारी, आगमन बराल, दर्शन अधिकारी र आरभ बरालको समूह द्वितीय भन्यो भने एन्जिला थापा, सम्पदा कार्की, अदिती पौडेल, सुयाना गौतम र स्वीकृति श्रेष्ठको समूहले तृतीय स्थान प्राप्त गर्यो । सिर्जनात्मक प्रतियोगिताअन्तर्गतका सबै विजेता विद्यार्थीहरूले पुरस्कारका साथमा विभिन्न प्रकारका छात्रवृत्तिहरूसमेत प्राप्त गरे ।

गण्डकी प्रदेशमै पहिलो आई.बी.वर्ल्ड आई.बी.वर्ल्ड फिस्टेल एकेडेमीले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा खेलप्रति विद्यार्थीको आकर्षण बढाउन यस प्रकारको कार्यक्रम आयोजना गरेको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले अबका विद्यार्थीमा शैक्षिक विकासका साथसाथै सर्वाङ्गीण विकास हुनुपर्नेमा जोड दिए । यस किसिमको वातावरण निर्माणमा फिस्टेल एकेडेमी सफल रहेको भन्दै यी सबै विद्यार्थीहरूलाई कक्षा ११ मा स्वागत गर्न आफू आतुर रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...