गण्डकी प्रदेशमा भाेलि सार्वजनिक विदा

पाेखरा, असार २८ गते । गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

 

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...