काहुँ खोलामा बाढी: दुई घर जोखिममा, भलाममा घर पुरियाे

पाेखरा,साउन ४ गते ।गएराति देखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढि र पहिरोले क्षति पुर्‍याएकाे छ ।

वर्षाकै कारण पोखरा महानगरपालिका १३ काहुँ खोला क्षेत्रको बाँध फुट्दा केही घरमा क्षति पुगेको छ। काहुँ खोलाको बाँध फुटेर बाढी ढल्के पुल वरिपरिका बस्तीमा पस्दा घरटहरा डुबानमा परेका छन् भने दुईवटा घर उच्च जोखिममा परेको वडाध्यक्ष किरण वरालले जानकारी दिए।

वडा अध्यक्ष बरालका अनुसार, लगातारको वर्षाले खोलामा पानीको सतह ह्वात्तै बढेको र खोलाको पानी दुबै किनाराबाट बग्नु पर्ने भए पनि बाँध फुटेपछि एकातिर मात्र बग्दा क्षति बढी भएको हो। “रातिदेखि नै डोजर र शसस्त्र प्रहरीको टोली परिचालन गरेर क्षति नियन्त्रणको प्रयास भइरहेको छ,” उनले बताए।

बरालका अनुसार बाढीले मानवीय क्षति नभए पनि धेरै घरहरूमा पानी पसिसकेको छ। स्थानीय बासिन्दा त्रसित छन् भने प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

 

वडा कार्यालय, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकहरू संयुक्त रूपमा उद्धार र क्षति न्यूनीकरणमा जुटिरहेका छन्। बाढीका कारण सडक तथा ढल निकास प्रणाली पनि अवरुद्ध भएको जनाइएको छ।गए रातीको बाढीले पोखरा वडा नम्बर १६ र २० का विभिन्न भागमा पनि क्षति पुगेको छ । १६ मा रहेको ढाँडखोलाले तल्लो बस्तीमा र चिसेखोलाले पानीका मुहानमा क्षति पुर्याएको स्थानिय जितबहादुर बस्नेतले जानकारी दिए।

 

 

यस्तै पोखरा २० भलाममा सूर्य बास्तोलाको घर पहिरोमा पुरिएको छ ।७ कोठाको ब्लकको घर पहिरोले पुर्दा ३ कोठा पूर्ण रूपमा पुरिएको र कोठा पुरिदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।

 

यस्तै पाेखराका नदिहरुमा पानीको बहाव बढेकाे छ ।सेती नदि, हर्पन खाेलामा पानिकाे सतह बढेकाे छ भने साना खाेलाहरुपनि बढेका छन ।यसले गर्दा बाढिकाे खतरा बढेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...