पोखरा, साउन । आज सामबार । शिवालयहरुमा भक्तजनहरुकाे भिड लागेका छ ।
बैदामस्थित केदारेश्वर मन्दिर परिसर शिव भक्तजनद्वारा आराधना तथा शिवलिंगमा जल चढाउन खचाखच छ । सोमबार अन्यको तुलनामा भक्तजन टाढा–टाढाबाट पनि केदारेश्वर मन्दिर आएका छन। बगरस्थित गाइघाटदेखि बोलबम जलयात्रामा सहभागी भक्तजन मन्दिरमा पूजाआजा तथा जल चढाउन आउने भएकाले पनि भिड हुने गर्छ ।
फेवाताल किनार केदारेश्वर मन्दिरमा बिगतवर्षदेखि साउन महिनामा बोलबम जलयात्रा हुँदै आएको छ । जसका कारण पछिल्लो समय केदारेश्वर मन्दिर बोलबमधामको रुपमा पनि चिनिने गरेकोछ ।
¥यालीमा सहभागी भक्तले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गर्छन । सोमबार भगवान शिवको नाममा ब्रस्त बसी शिवको पूजाआजा र शिवलिंगमा जल चढाउन ठाउँ ठाउँबाट सपरिवार पनि मन्दिरमा आउन गर्छन ।
गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको लागि अहोभाग्य रहेको हुँदा टाढाबाट पनि भक्तजन केदारेश्वर आउने गरेका छन् ।
विभिन्न भजनमण्डलीहरु बोलबम भजन, देवीस्थान भजन, महाप्रभुधाम, अन्नपूर्ण, घार्मी भजन समूह, पोखरा नौमति मगर बाजा, नेपाल लोकभजन चुड्का संरक्षण समिति, नेपाल दैविक शक्ति ज्योतिष तथा धार्मिक सेवा संस्था, नेपाल तान्त्रिक ज्योतिष, सिद्धाश्रम शक्ति केन्द्रलगायतले भजनकीर्तन गर्दै नाचगान गरेका थिए ।