एनआरएनए पोर्चुगलको निर्वाचन सम्पन्न, कोषाध्यक्षमा पोखराका सविन निर्वाचित

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्षमा सुजन लामा मोक्तान निर्वाचित भएका छन् । त्यस्तै रेखा रेग्मी, विनोद बुढाथोकी र राजकुमार गुरुङ आइसिसी सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरि उपाध्यक्षमा सरस्वती तिम्सिना खनाल, ज्ञानेन्द्र आचार्य, रामचन्द्र सुबेदी र रामकुमार श्रेष्ठ निर्वाचित भएका हुन् । महिला संयोजकमा जनिता राई, लेखा संयोजकमा अविरल गुरुङ , सचिवमा सुरज भण्डारी, कृष्णप्रसाद धिताल र विनोद भुसाल निर्वाचित भए ।

कोषाध्यक्षमा पोखराका सबिन पौडेल निर्वाचित भए । पौडेल पोखरा महानगरपालिका–२३, हर्पन जम्मघर हो भने हाल पोर्चुगलमा रहेर नेपाली समुदायको सेवामा सक्रिय छन् । नेपालमा रहँदा पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएका पौडेलले बाढी–पहिरो पीडितलाई राहत वितरणदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र स्टेशनरी सहयोगलगायत विविध सामाजिक काम गर्दै आएका थिए ।

त्यसैगरि अरुण राई, युवराज घलान, उदास तामाङ, सुनिल कुमार तिम्सिना, कविता गेलाल, कृष्ण खड्का छेत्री, र हिराधन राई, ल्हामु शेर्पा र सञ्जु राई कुलुङ सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेरिराले नव निर्वाचित टोलीले पोर्चुगलमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सहकार्य गर्न आफू तयार रहेको बताए ।

नव निर्वाचित अध्यक्ष सुजन लामाले गैर आवासीय नेपाली सङ्घ आफैमा गैर नाफामूलक संस्था भएको हुनाले पार्टी, जाति, क्षेत्र र क्षेत्रको आधारमा नेपालीहरू विभाजित मानसिकतामा कहिले पनि रहन नहुने कुरामा जोड दिए । उनले आगामी दिनमा पनि गैर आवासीय नेपाली सङ्घको एकबद्धता अझ बलियो हुने कुरामा प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...