टाइगर ग्रुप अफ पोखरा,नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

एकराज गिरी/पोखरा,मंसिर ६ गते । टाइगर ग्रुप अफ पोखरा, नेपाल नेपालको चौथो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन अटो वेयज प्रालितका अध्यक्ष नारायण पौडेलले गरे । उनले टाइगर ग्रुपसंग सहकार्य गर्न तयार रहेको बताए । उनले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा सहकार्य गर्न सकिने बताउदै टाइगर ग्रुपले राम्रो काम गरिहेको बताए ।

सवै क्षेत्रका ब्यक्तिहरुलाई एककिकृत गरेर स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा गरेको कामको प्रसंशा गरे । उनले खेल खेलेर बाच्न सकिन्छ भन्ने उदाहरण क्रिकेट खेल्लले अहिले भैरहेको एनपीएलले देखाएको बताउदै खेल क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा डा.सुर्य ढकाल, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुग लगायतले बोलेका थिए । साधारण सभाले सचिव डिबी नेपाली र कोषाध्यक्ष हरि कुमार श्रेष्ठले प्रस्ततुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्द सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य र खेलकुदलाई मुल आधार मानेर स्थापना भएको टाइगर ग्रुपले नेपालको राष्टिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उदेश्यले आमन्त्रित राष्टिय तथा अन्तराष्टिय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । साधारण सभामा छैठौँ संस्करणको प्रतियोगिता आउदा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

 

नेपाल भलिबल संघ र खेलकुद परिषद गण्डकीबाट माघ ९ देखि प्रतियोगिता संचालनका लागि स्वीकृति प्राप्त गरेको उनले जानकारी दिए । प्रतियोेगितामा राष्टिय तथा अन्तराष्टि खेलाडीहरुको सहभागीता रहने बताइएको छ । टाइगर कप भलिबलले पोखरामा आफनो पहिचान स्थापित गर्न सकेको अध्यक्ष शर्माले बताए । उनले पछिल्लो समयमा प्रतियोगिताले छुटटै पहिचान बनाएको बताउदै पुरस्कार राशी समेत बृद्धि गरेको बताए । पाँचौ संस्करणमा टाइगर कपबाट २१ लाख रुपैयाँ नाफा गर्न सफल भएको थियो । एकरोड एकहत्तर उन्नान नब्बे हजार पाँच सय आम्दानी भएको र एक करोड पचास लाख अठासी हजार खर्च भएको कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै विद्यालयहरुलाई खेलकुद सामाग्री, आर्थिक सहयोग र विभिन्न स्वास्थ्य शिविर संचालन गरेको सचिव डि.बी नेपालीले जानकारी दिए । यस वर्र्ष पनि अशक्त असहायहरुो लागि सहयोग गर्ने, सरकारी विद्यालयरुमा शैक्षिक तथा खेलदुक सामाग्री वितरण अझै प्रभावकारी बनाउने र स्वास्थ्य शिविर तथा शिक्षासंग सम्वन्धित कार्यक्रम गर्ने सचिव नेपालीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...