पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत

पोखरा ।पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् ।

 

एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित भए । उक्त पुरस्कारबाट सम्मानित गुरुङ र श्रेष्ठलाई जनही २० हजार १ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

 

तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ (काठमाडौं) पुरस्कृत भएकी छिन् । उक्त पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ र सम्मानपत्र रहेको छ ।

 

त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सुचना गुरुङ (चितवन), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ (सुनसरी) पुरस्कृत भएका छन् । यी ३ पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद र सम्मानपत्र रहेको छ । कार्यक्रममा गुरुङ न्युज डटकम पत्रिकाको लोकार्पण पनि गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...