
रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। यस्तै पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यहीँ भेटे। महोत्सवमा धेरै दर्शकहरूले विद्यालय जीवनका साथी तथा टाढाटाढाका आफन्त भेटेर खुसी साटासाट गरिरहेका छन् ।
महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ।