पाेखरा ।नेपाल साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको छ ।
पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित भयो । भारतका लागि पर्ल फर्नान्डेजले४९औँ मिनेटमा गरेकाे गाेलनै निर्णायक बन्याे ।
भारततीय खेलाडी प्रितिका बरमानको प्रहार नेपालकी किपर झरना डुम्राकोटीबाट रिबाउन्ड भएको अवस्थामा भारतकी पर्लको प्रहारले पोस्टको सम्पर्कमा पुग्याे । त्यही गाेल निर्णायक बन्याे ।

भारतले खेलमा पाएका धेरै अवसर सदुपयाेग हुन सकेनन भने नेपालको खेल भने रक्षात्मक बन्याे । खेल अवधीभर नेपालले विपक्षी पाेष्टमा आक्रमण गर्न सकेन भने केही अबसरकाे सदुपयाेग गर्नसकेन । नेपाल बिरुद्व एक गोल गरेकी भारतीय खेलाडी पर्ल प्लेयर अफ दि म्याच चइन ।
नेपालले अब सोमबार भुटानसँग खेल्नेछ । नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षणको समयमा खेलिएको बल र शनिबार प्रतिष्पर्धामा प्रयोग भएको बल फरक पर्दा खेलमा असर परेको बताउँदै स्कोर गर्न नसके पनि बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको प्रर्दशन गरेकाे बताए ।
भारतका प्रशिक्षक पामेला कोन्टीले खेल मैदान राम्रो नहुँदा खेलाडीले सोचे जस्तो खेल्न नसक्दा गाेल अन्तर फराकिलाे बन्न नसकेकाे बताए । चार टोली सहभागि च्याम्पियनसिपमा नेपालले दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । शनिबार नै भएको खेलमा साविक विजेता बङ्गलादेशले भुटानलाई १२–० गोलले पराजित गरेकोे थियो ।