आहा–रारा गोल्ड कप माघ २७ देखि,पुरस्कार राशि बृद्वि,१२ टिम सहभागी

पोखरा । २५औँ आहा–रारा पोखरा गोल्ड कप माघ २७ देखि
पोखरा । सहारा क्लब पोखराको आयोजनामा क्याराभान गोल्ड कपसहित २५औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन हुने भएको छ।

“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिताको २५औँ संस्करणमा यसपटक पुरस्कार राशीमा वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा नेपालसहित भारत, सिक्किम, हङकङ र उज्वेकिस्तानका क्लबहरू सहभागी हुनेछन्।

सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब,चर्च ब्वाइज युनाइटेड,मनाङ मर्स्याङ्दी क्लब नेपाल ए.पी.एफ. क्लब,प्लानिङ ब्वाइज युनाइटेड,जावलाखेल युथ क्लब,थन्डरबोल्ट नर्थ युनाइटेड, सिक्किम (भारत),मछिन्द्र फुटबल क्लब,गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ,भारतको एक टोली,आभा फुटबल क्लब, उज्वेकिस्तान र आयाेजक सहारा सहारा क्लब पोखरा रहेका छन ।

 

हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहनेछ।

 

२५औँ संस्करणलाई थप आकर्षक बनाउन र पोखरा पर्यटन वर्ष २०२५–२६ को प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेलहरू सञ्चालन गरिने सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...