पोखरा । पोखरामा रंगशालामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेशले भारतलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा बंगलादेशले भारतलाई २–० को गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले एक–एक गोल गरे ।
अर्पिताले खेलको २९औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । कर्नर हानेको बल भारतकी गोलकिपरको हातमा लागेर फर्किएको बलमा अर्पिताले बललाइ पाेष्टका गोलको दिशा दिइन् ।
यस्तै, खेलको ४०औं मिनेटमा अल्पीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । श्रीमोती तृष्णा रानीको पासमा अल्पीले गोल गरेकी हुन् । त्यसपछि दुवैतर्फ गोलबाट गोल हुन सकेन र बंगलादेश २–० ले विजयी भयो ।
च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । भारतले आफ्नाे पहिलाे खेलमा नेपाललाइ १-० गाेलले पराजित गरेकाे थियाे ।
आजको दोस्रो खेल नेपाल र भुटा नवीच हुने छ ।