साफ यू–१९ महिला फुटबल नेपालकाे अग्रता

पाेखरा ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ महिला फुटबल प्रतियोगितामा नेपालले एक गोलको अग्रता लिएको छ। पोखरामा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताको खेलमा नेपालले पहिलो हाफमै अग्रता बनाएको हो।

खेलको ३६औँ मिनेटमा नेपालकी खेलाडीले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाउँदै पोस्टतर्फ प्रहार गर्दा गोलमा परिणत भएको थियो।

 

पहिलो हाफमा नेपालले चारवटा स्पष्ट गोलका अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन। भुटानले भने पहिलो हाफमा नेपालको पोस्टतर्फ कुनै पनि प्रभावकारी प्रहार गर्न सकेन।

 

यसअघि सम्पन्न खेलमा बंगलादेशले भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी छन्। प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...