
उद्घाटन गर्दै उनीहरुले कास्की क्षेत्र न २ का ने क पा ( एमाले ) का उम्मेदवार रश्मि आचार्यको जन्मथलो पोखरा ३३ भरत पोखरी कास्की क्षेत्र न २ का उम्मेदवारले कुनै बिश्व्वासघात नगरेको उल्लेख गर्दै अबको रश्मि आचार्यलाई राष्ट्रको नेतृत्व गर्ने गरेर अत्याधिक मतले बिजय गराउने बताएका छ्न। उनीहरुले रश्मि आचार्यको उम्मेदवारी साझा भएको भन्दै गौरव गर्न लायक उम्मेदवार भएको प्रतिक्रिया दिएका छन ।
सो अबसरमा उम्मेदवार आचार्यले जेन्जी आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचारको निराकरण रहेको र सो एजेन्डा आफ्नो पनि प्राथमिक एजेन्डा भएको भन्दै देशको समृद्धिका लागि सुशासन कायम गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छ्न। हुर्केको गृह ठाउँका बासिन्दाको अपार सद्भावना र मायाले आफुलाइ उत्साहित बनाएको र सबैको आशिर्वाद संगै सुझाव लिन आएको उल्लेख गरे।
तपाइँहरूकै आबश्यकता चाहना र माग बमोजिम उम्मेदवारी दिएको छु ,अझ सम्म कुनै दाग लाग्ने काम नगरेको र भबिस्यमा पनि गर्ने छैन सबैको शिर उचो बनाउने काममा लाग्ने छु ।उम्मेदवार आचार्यले भने ।
एमाले पूर्ब केन्द्रिय कमिटी सदस्य भिम कार्कीले पटक पटक नेता उत्पादन गरेको पोखरा ३३ लाई राष्ट्रिय भुमिका निर्बाह गर्ने नेतृत्व उत्पादनको ऐतिहासिक मौका प्राप्त भएको हुँदा यो निर्बाचन एमालेको तर्फबाट रश्मिको मात्रै उम्मेदवारी नभएर राष्ट्रको उम्मेदवारी भएको उल्लेख गरे ।
सो कार्यक्रममा एमाले कास्की जिल्ला कमिटी लेखा आयोग अध्यक्ष बैकुण्ठनाथ आचार्य , गण्डकी प्रदेश कमिटी पूर्ब सचिबालय सदस्य केशव प्रसाद आचार्य , प्रदेश कमिटी सचिबालय सदस्य तेज नारायण अधिकारी ,जिल्ला कमिटी सदस्य वसन्तराज आचार्य , सो पूर्ब वडाअध्यक्ष शिव प्रसाद आचार्य ,पोखरा महानगर कमिटी जीवन प्रसाद आचार्य सहितको सहभागीता रहेको थियो।
वडा कमिटी अध्यक्ष टुकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, महानगर कमिटी सदस्य दिपक लामिछानेले गरेका थिए।