उपहार गाेलकाे मद्दतले जावलाखेल आहा राराकाे फाइनलमा

एकराज गिरी/पाेखरा ।१४ वर्षपछि जावलाखेलले पाेखराकाे मैदानमा फाइनल यात्रा तय गर्दा उपहार गाेल निर्णायक बन्याे । पाेखरा रंगशालामा जारी २५ औं आहा रारा गाेल्ड कपकाे अन्तिम दुइमा स्थान सुरक्षित गर्दा पाहुना टाेलि आभा फुटबल क्लब उज्वेकिस्तानका खेलाडीले आफ्नै पाेष्टमा गाेल गरेपछि उपहार स्वरुप गाेल जावलाखेलले प्राप्त गर्याे । त्यही गाेल निर्णायक बनेपछि जावलाखेलले आभालाइ १-० काे जित आत्मसाथ गर्दै उपाधि भिडन्तका लागि आयाेजक सहारासंगकाे भेट पक्का बनायाे ।


आहा रारामा २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले त्यस यता फाइनल पुग्न सकेकाे थिएन । पहिलाे पटक पाेखरामा आहा रारा खेल्न आएकाे आभा फुटबल क्लब उज्वेकिस्तान अभागि बन्दै आहा रारा गाेल्ड कपलाइ बिट् मार्दै घर फर्किन बाध्य भयाे ।पहिलाे पटक पाेखरेली मैदानमा आमने सामने भएका दुबै टिमका खेल प्रतिस्पर्धात्मक बनेपनि आत्मघाति गाेलकाे सामना गर्दै आभा अभागि टिम बन्याे ।

 

१४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं आहा राराकाे उपाधि उचाल्ने जावलाखेलकाे सपना चकनाचुर बनेकाे थियाे । यस पटक जावलाखेलले उपाधिको लागि आयाेजक सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

 

खेलको ५२ औं मिनेटमा जावलाखेलकाे भाग्य चम्कियाे‌। आभाका कुसान गानिजानोभले आफ्नै पाेष्टमा आत्मघाती गोल गरेपछि जावलाखेलकाे फाईनल यात्रा सहज बन्याे ।आत्मघाति गाेलपछि दबाबमा परेकाे आभालाइ गाेल गर्ने अवसर थियाे तर सफल भएन । खेलकाे ६० औं मिनेटमा १० खेलाडीमा जावलाखेल बिरुद्ध आभाले दबाब सृजना गरेपनि गाेल निकाल्न सकेन । र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै मैदननबाट बाहिरिएपछि जावलाखेल दश खेलाडीमा सीमित बन्यो ।

 

खेलको १० औं मिनेटमा उमिडजोन करिलोभको प्रहार फष्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो ।पहिलो हाफकै ४२ औं मिनेटमा करिलोभकै लङ पावरसट बल क्रसबारमा लागेर आउट हुन पुग्यो । एकपछि अर्को प्रहार पोष्टमा लागेर फर्किएपछि आभाको अभागीपन देखिएको थियो । ९० औं मिनेटमा बाबिरस्व सभिरोभको प्रहारलाई जावलाखेलका गोलकिपरले पन्च गर्दै बचाएका थिए ।

 

खेलको चौथो मिनेटमै जावलाखेलका लागि निकोलसले डिबक्सभित्रबाट हानेको बल क्रसबार बाहिरिएको थियो । आधा घण्टा दश खेलाडीमा समेटिएको जावलाखेलले उपहार गोल बचाई राख्न रक्षात्मक रणनीतिमा उत्रिएको थियो । उज्वेकिस्तानको हरेक प्रयासलाई विफल बनाउन तल्लिन जावलाखेलका विदेशी खेलाडी जोखिडजोन राखिमोभ प्लयेर अफ दि म्याच घोषित भए ।

 

२५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबार फाईनल खेल आयोजक सहारा र जावलाखेल युथ क्लब बीच हुने छ । सहारा र जावलाखेल युथ बीचको फाईनल नयाँ प्रतिस्पर्धीको रुपमा मैदान उत्रिने छन् । जावलाखेल एक पटक फाईनल प्रवेश गर्दा सहारा भने फाईनल प्रवेश गरेको चौथो अवसर हो । विजेताले १४ लाख १ हजार नगदराशीसहित ट्रफी उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...