प्रचारमा प्रयोग सवारी तोडफोड, एमालेको आपत्ति

पोखरा ।नेकपा एमालेले मतदाता भेटघाटको क्रममा कास्कीको मादी गाउँपालिका–११ मा सवारी तोडफोड गरिएको घटनाप्रति आपत्ति जनाएको छ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, क्षेत्र नम्बर १ ले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत एमालेको प्रचारप्रसारमा प्रयोग सवारी तोडफोड भएकोमा भत्र्सना गरेको छ ।


कमिटी संयोजक दर्शन लामाले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा विचार, नीति र एजेण्डामार्फत प्रतिस्पर्धा हुनुपर्नेमा तोडफोडमा उत्रनु, निषेध गर्नु र निर्वाचन बिथोल्ने प्रयास हुनु निकै निन्दनीय विषय भएको उल्लेख छ । एमालेले घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । साथै तोडफोडमा संलग्नलाई २५ घण्टाभित्र कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रको ध्यानाकर्षण पनि गराएको छ ।

निर्वाचनलाई शान्त र मर्यादित ढंगले सफलतापूर्वक सम्पन्न हुने वातावरण बनाउन सबैमा एमालेले अनुरोध गरेको छ ।
एमाले उम्मेद्वार अधिकारीसहितको टोली मादी गाउँपालिका–११ उपल्लो साप्लेमा मतदाता भेटघाटमा जाँदा दुई वटा सवारी तोडफोड भएको थियो ।

 

कार्यक्रम चलिरहँदा पार्किङमा राखिएको सवारी नेपाली कांग्रेसका कार्यकर्ता रिधान गुरुङले तोडफोड गरेका हुन् । तोडफोडबाट दुवै गाडीको सिसा फुटेको छ भने बाहिरी भागमा क्षति पुगेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...